वायु प्रदूषणका कारण विश्वभरि हरेक वर्ष ७० लाखको मृत्यु हुन्छ : डब्ल्यूएचओ

वायु प्रदूषणका कारण विश्वभरि हरेक वर्ष ७० लाखको मृत्यु हुन्छ : डब्ल्यूएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था पहिला सोचिएको भन्दा खतरनाक रहेको बताएकाे छ । डब्ल्यूएचओका अनुसार वायु प्रदुषणसँग सम्बन्धित रोगीका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ ।  

आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका छन्। डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ ।

नोभेम्बरमा हुन लागेको कोप २६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ ।

बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम २.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ । त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन्।