वडाअध्यक्ष कुटेर भाइरल भएकी पत्रकार ऐश्वर्या पक्राउ

वडाअध्यक्ष कुटेर भाइरल भएकी पत्रकार ऐश्वर्या पक्राउ


कञ्चनपुर– वडाअध्यक्षमाथि कुटपिट गर्ने कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् ।

कुँवरले भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र देवकोटामाथि कुँवरले सार्वजनिक रुपमै हातपात गरेकी थिइन् ।


होटलमा कार्यक्रम भइरहँदा रिपोर्टिङका लागि भन्दै पुगेकी कुँवर र वडाअध्यक्षबीच विवाद भएको थियो ।

विवादका क्रममा कुँवरले वडाअध्यक्ष देवकोटाको घाँटी अँठ्याएर थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरी अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको बताए ।