मृत्यु संस्कारमा पुगेका वडाअध्यक्षको गोलि हानी हत्या

मृत्यु संस्कारमा पुगेका वडाअध्यक्षको गोलि हानी हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।

यादवको शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको ओ ।

मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका यादवमाथि विवादक्रममा गोली प्रहार भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

दुई पक्षको विवादमा सम्झाउन अघि सरेका वडाअध्यक्ष यादवमाथि नै गोली प्रहार भएको बताइएको छ । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।