स्वर्णिम वाग्लेलाई कांग्रेसका भट्टराईकाे बधाई- रचनात्मक सहयोग र खबरदारी रहन्छ

स्वर्णिम वाग्लेलाई कांग्रेसका भट्टराईकाे बधाई- रचनात्मक सहयोग र खबरदारी रहन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्।

दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । सोही कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराईले स्वर्णिमलाई माला लगाइदिएर बधाई तथा शुभकामना दिएका छन् ।

त्यस्तै सामाजिक संजालमा वाग्लेलाई बधाई दिदै भट्टराईले मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ हुने बताएका थिए ।

रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।