वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ । आयोगका एक अधिकारीका अनुसार अख्तियाले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समुह गठन गरेर विस्तृत अध्ययन गरिरहेको छ ।

एक महिनाको अवधिमा निगमले पठाएको कागजपत्र अध्ययन गरिसकेको छ । जिगमबाट थप कागजपत्र र निगमबाहेकका अन्य निकायबाट पनि प्राविधिक जानकारी माग गरेको छ । योसँगै आयोगले वाइडबडी प्रकरणमा जोडिएको पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी गरिरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement