काठमाडौं – वाइडबडी विमानमा भएको अनियमितताको अध्यययनमा बिताएको संघीय संसदको सार्वजनिक लेखासमितिले न्यारोबडी विमानका विषयमा बहस सुरु गरेको छ। शुक्रबार सिंहदरबारमा बैठक बसेको लेखा समितिले १ अर्ब ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो ।
लेखा समितिले न्यारोबडी ‘ए’ ३३० को टेण्डर रद्द गरिएको र नयाँ टेन्डर मागको साथै ए ३२० को टेण्डर स्विकारको विषयमा छलफल गरेको हो। लेखासमिति सदस्यहरुले सोधेको प्रश्नको स्पष्ट जवाफ नदिएपछि शुक्रबार मात्रै ‘ए’ ३३० विमानको मर्मत-सम्भारको टेण्डरमा परेको सूचना खोल्न लेखा समितिले रोक लगाएको छ। ‘समितिबाट अर्को निर्णय नभएसम्म सूचना नखोल्न निर्देशन गरिन्छ’ समिति सभापति भरतकुमार शाहले भने। वायु सेवा निगमले ३३० को लागि पहिले खुलाएको टेण्डर रद्द गरेर मर्मत सम्भारको लागि दोस्रोपटक टेण्डर गरेको थियो।
पहिले मर्मत सम्भार र लिजमा इन्जिन ल्याउने टेण्डर एकै शीर्षकमा गरेकोमा त्यो टेण्डर रद्द गरेर छुट्टाछुट्टै टेण्डर प्रकिया अघि बढाएको वायुसेवा निगमका अध्यक्ष मदन खरेलले बताए। जसअन्तर्गत गरिएको आह्वानका अधारमा मर्मतसम्भारको लागि परेको टेण्डर शुक्रबार खोल्ने कार्यतालीका बनाएको थियो । लेखा समितिले तत्काल नखोल्न निर्देशन दिएको हो। त्यस्तै ए ३२० जहाजको लागि इन्जिन मर्मतको लागि गरिएको टेण्डरमा पनि लेखा सिमतिले आर्थिक अनियमितता भएको हुनसक्ने जनाएको छ।
टेण्डर स्वीकार गर्ने क्रममा सबैभन्दा कम कवोल गर्नेलाई नदिएर अर्को कम्पनीलाई दिइएको जनाइएको छ। तर वायुसेवा निगमले भने सबैभन्द कम कबोले गर्ने कम्पनीले तोकिएका सबै शर्ता पूरा नगर्ने भएकोले अर्को कम्पनीलाई दिइएको जनाएका थिए।




प्रतिक्रिया