काठमाण्डु- चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाण्डु आइपुगेका छन् । बुधवार पाँचदिने भ्रमणका लागि वाङ काठमाण्डु आइपुगेका हुन् ।
उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । नेपाल भ्रमणको क्रममा उनले आजदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् । तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।




प्रतिक्रिया