चिनियां विदेशमन्त्री वाङको नेपाल भ्रमणः प्रधानमन्त्रीदेखी देउवासंग भेट 

चिनियां विदेशमन्त्री वाङको नेपाल भ्रमणः प्रधानमन्त्रीदेखी देउवासंग भेट 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आज काठमाडौं अवतरण गर्दैछन् । पाकिस्तानको राजधानी इस्लामावादबाट आईतबार अपरान्ह वाङ काठमाडौं ओर्लने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री वाङ अक्टोम्बरमा हुने राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको लागी आएको धेरैको अनुमान छ । उनले नेपाल भ्रमणको क्रममा दुई पक्षीय बैठक तथा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  

शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–अफगानिस्तान–पाकिस्तान त्रिदेशीय विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी भएका वाङ नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार वनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका उच्चस्तरिय चिनियां नेता हुन् । 

विदेशमन्त्री वाङसंगै भ्रमणदलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्र्तराष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियां राजदूत मिसेस होउ याङछी लगायत छन् । 

नेपालको तर्फबाट दुई पक्षीय वार्तामा नेपाली समकक्षी ज्ञवालीसहित अर्थमन्त्री युवराज खतिवडा, विदेश सचिव शंकरदास बैरागी, अर्थ सचिव राजन खनाल, शिक्षा तथा विज्ञान र प्रविधि सचिव महेशप्रसाद दाहाल, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिवद्वय भरतराज पौडेल र कालीप्रसाद पोखरेल, उपसचिवद्वय तेजबहादुर क्षेत्री र अम्बिका जोशी तथा शाखा अधिकृत सावित्रा ओली रहेका छन् । 

वाङले काठमाडौंमा राष्ट्रपति सीको नेपाल भ्रमणका एजेण्डालाई अन्तिम रुप दिन प्रयास गर्नेछन्। साथै नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनको लागी समेत उनले नेपाली पक्षसंग छलफल गर्ने कार्यक्रम छ । चिनियां राष्ट्रपति सीको नेपाल भ्रमणको बेला अपनाइने सुरक्षा व्यवस्थाको वारेमा समेत उनले उच्च अधिकारीसंग छलफल गर्नेछन् । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए।

उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताए।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए ।

तीन दिनको औपचारिक भ्रमणमा आउन लागेका वाङ आईतबार अपरान्ह ४:२० बजे विशेष विमानबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यसपछि त्यहाबाट उनि सिंधै सोल्टी क्राउन प्लाजा होटलमा जानेछन् । उनले सोमबार दुई पक्षीय बैठक गर्ने कार्यक्रम छ । चिनियां विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव शंकरदास वैरागीले स्वागत गर्ने कार्यक्रम छ । 

आइतबार सांझ र सोमबार बिहान वाङको कार्यक्रम चिनियां दूतावासले आयोजना गरेको छ । उनले आन्तरीक ब्रिफिङ लिएपश्चात उच्चस्तरिय भेटवार्ताहरु सुरु गर्नेछन् । 

सोमबार दिउंसो ३:३० बजेदेखि ४:३० बजेसम्म वाङले नेतृत्व गर्ने चिनियां प्रतिनिधिमण्डल र उनका समकक्षी प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिमण्डलको बीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुंनेछ । 

सोमबार सांझ ५ बजेदेखि ५:४५ बजेसम्म, ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनको निवास बालुवाटारमा भेटवार्ता गर्ने छ। त्यसपछि ६ बजेदेखि ६:४० बजेसम्म ४० मिनेट राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्न कार्यक्रम छ । 

विदेशमन्त्री वाङले मंगलबार नेकपाका अध्यक्ष्ँ प्रचण्ड र प्रमुख पतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डसंगा मंगलवार बिहान ९ बजेदेखी ९:३० बजेसम्म र देउवासंग ९:३० देखी १० बजेसम्म आधा आधा घण्टा भेटवार्ता गर्ने कार्यसूची छ । 

वाङको प्रतिनिधिमण्डल भदौ २४ को दिउंसोे १ बजे विशेष विमानबाट चीन फर्कने कार्यक्रम छ ।