मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्


काठमाण्डु – स्वस्थ रहनको लागि हामीले खानपानमा ध्यानदिनु आवश्यक छ । हामीले जतिधेरै खानपानमा  ध्यान दियौँ त्यतिनै हामी स्वस्थ रहन्छौँ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक रोगबाट बच्न सक्छौँ । हामीले विषेश गरेर खानपानमा ध्यान नदिएकै कारण अनेकौँ रोगहरूको सिकार बन्न पुग्दछौँ । मुटु रोगका कारण धेरै मानिसहरूले कलिलो उमेरमा ज्यान गुमाइ रहेका हुन्छन् ।

अझ विश्वमा विकासको चरणसँगै भएको औद्योगीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको छ । मुटुरोगकै कारण विश्वमा बर्सेनि करोडौँ मानिसको मृत्यु हुने गरेको छ । त्यसमा पनि विकासोन्मुख देशमा धेरै मानिसको मृत्यु मुटुरोगका कारणले हुने गरेको छ । नेपालमा १० वर्षयता मुटुरोगीहरूको सङ्ख्यामा पाँच गुणाले वृद्धि भइरहेको छ ।

त्यसकारण हामीले मुटुरोग लगायत अन्य रोगहरूको सिकार हुनुबाट बच्नको लागि आफ्नो जीवनशैली परिवर्तन गर्नु अति आवश्यक छ । हामीले दैनिक खानेकुरामा शरीरको लागि के फाइदाजनक छ, के फाइदाजनक छैन भन्ने छुट्याएर मात्रै ती खानेकुरा खानु पर्दछ ।  त्यसकारण खानालाई सन्तुलित राख्न सकियो र दैनिक व्यायाम गर्यो भने मुटु राेगलगायत अन्य रोगबाट बच्न सकिन्छ ।

मुटु स्वस्थ राख्नको लागि यस्ता खानेकुरा खानुपर्छ ः

बिहान-बेलुकाको खानामा हरियो साग खानु अत्यन्त स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनमा कम्तिमा पनि एकपटक फलफूल खानुपर्छ । बेलुकाको खानामा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी खानु पर्दछ ।  बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

बेलुकाको खाना खाएलगत्तै सुत्नु हुँदैन । कम्तीमा दुई घन्टा आराम गरेपछि मात्र सुत्नुपर्छ । त्यसैगरी शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा – मासु खाए पनि हानी भने हुँदैन । 

माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा-मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ ।  घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम खानु पर्दछ । खाना पकाउन शुद्ध तोरीको तेल सबै भन्दा फाइदाजनक हुन्छ । दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन ।

फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई स्वस्थ राख्नको लागि ठुलो भूमिका खेलेको हुन्छ ।  यी खानेकुरा पनि हामीले सयम मिलाएर खानु पर्छ । कहिले चाँडै कहिले ढीलाेगरि खानु हुँदैन । त्यसैगरी हामीले कहिले धेरै कहिले थोरै खाने गर्नु हुँदैन ।  

प्रतिक्रिया दिनुहोस
Advertisement