घर भाडामा बस्ने नर्सलाई निकालेको आरोपमा वडा सचिव पक्राउ

घर भाडामा बस्ने नर्सलाई निकालेको आरोपमा वडा सचिव पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – कोठा भाडामा बस्दै आएकी एक नर्सलाई निकालेको भन्दै प्रहरीले घोराही उपमहानगरपालिका वडा नं.२ का वडा सचिव नारायण आचार्यलाई पक्राउ गरेको छ ।

घोराही १८ नवलपुरस्थित सचिव आचार्यकाे  घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा पक्राउ गरेको हो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत खड्कालाई हस्पिटल जाँदाआउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले कोठामा बस्ने नदिएको गुनासाे आएको थियो । उक्त गुनासोका आधारमा आचार्यलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।