तीन दिनको मौसमः मेघ गर्जनसहित पानी पर्ने

तीन दिनको मौसमः मेघ गर्जनसहित पानी पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – आज (आइतबार) देशका मध्य र पश्चिमी पहाडी क्षेत्रलगायत पूर्वी भूभागमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको समेत महामशाखाले जनाएको छ । भारतको राजस्थान क्षेत्रमा न्यूनचापीय वायुको कारण त्यसले अरब सागरको आर्दता तानेर नेपालतिर प्रवेश गर्दा मौसममा सामान्य समस्या देखिन लागेको मौसमविद् विभूति पोखरेलले बताइन् ।

आज राति देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा जनाइएको छ ।

भोलि सोमबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थान र मध्य तथा पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थान र मध्य तथा पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा सोही राति देशभरी आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले आकलन गरेको छ ।