शनिबारसम्म हावाहुरी र वर्षा हुनेः मौसमविद

शनिबारसम्म हावाहुरी र वर्षा हुनेः मौसमविद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज देशभरको मौसममा बदली भएको छ । आजदेखि शनिबारसम्म देशका धेरै ठाउँमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी तराई क्षेत्रबाहेक बाँकी भूभागमा आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने सम्भावना देखिएको हो ।

मौसमविद् मञ्जु बासीका अनुसार आज पूर्वका तराई र पहाड दुवै तथा मध्य र पश्चिम क्षेत्रका पहाडी भेगमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ ।

यस्तो छ तीनको मौसमी अनुमानः

विहीबार-

दिउँसोः देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली, मध्य भु–भागलगायत पश्चिमी पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भू–भागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

रातिः देशका पूर्वी भू–भाग लगायत मध्य र पश्चिमि पहाडी भू–भागमा सामान्य वदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भू–भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

शुक्रबार-

दिउँसोः देशका पूर्वी तथा मध्य भागहरुमा आंशिक देखि सामान्य बदली, पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भू–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिः देशका पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमाहरुमा आंशिक देखि सामान्य बदली, मध्य तराईका भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

शनिबार-

दिउँसोः देशका पूर्वी तथा मध्य भू–भागहरुमा सामान्य बदलि रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने रहनेछ । पूर्वी तथा मध्य भू–भागका केहि र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

रातिः देशका पूर्वी भु–भाग लगायत मध्य तथा पश्चिमि पहाडी भू–भागमाहरुमा आंशिक देखि सामान्य बदली, बाँकी भूभागमा आंशिक वदली रहने छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।