हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं : यातायात महासंघ

हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं : यातायात महासंघ

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक यातायात केन्द्रीय महासंघले सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा गरेको छ ।

सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट यातायात महासंघले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा यातायात सञ्चालन नगर्ने घोषणा गरेको हो ।

सरकारले पूर्व तयारीविना आफूहरुलाई हचुवाका भरमा सार्वजनिक यातायात सञ्चालन गर्न भनिएको भन्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले भने, ‘यथास्थितिमा हामी हामी गाडी चलाउँदैनौं, हाम्रो माग पुरा नभए सरकारलाई चाबी बुझाउँछौं ।’

आफूहरुले अघि सारेको पाँचबुँदे माग पूरा भए मात्र गाडी चलाउन सकिने महासचिव भरत नेपालले बताए । सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै महासंघले बैंक किस्ता तथा ब्याजदर पूर्ण सरलीकरण हुनुपर्ने, चारमहिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र थप चार महिनाको गाडी सञ्चालन भएतापनि किस्ता तिर्न नसक्ने हुँदा किस्ता तिर्ने अवधि बढाएर असोज मसान्तसम्म पुर्याउनु पर्ने, साना, ठुला, मझौला सवारी साधनको सिट मापदण्ड अनुसार यात्रु राखेर सञ्चालन गर्न नसकिने, कर छुट हुनुपर्ने तथा एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपर्ने, लकडाउनको बीमा प्रिमियम अवधिको छुट हुनुपर्ने लगायतका माग राखेको छ ।