काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आज आइतबार बिहान ६ बजे महाशाखाले जानकारी गराएको हो ।
पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।
बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ । आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ ।




प्रतिक्रिया