काठमाण्डु – उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् । मनसुन सुरु भएदेखि नै भारी वर्षा भएको थियो । फेरी पनि भारी वर्षा हुने हो कि भन्ने सर्वसाधरणमा त्रास कायम नै रहेको छ ।
मौसमविद् वरुण पौडेलले मनसुन सुरु भएकाले हल्क वर्षा भएपनि भारी वर्षाको सम्भावना नरहेको बताए । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र प्रदेश नं. १, प्रदेश नं. २, बाग्मती प्रदेश र पहाडी भू—भागमा अब आउने साताको अन्त्य तिर सम्म सामान्य झरी पर्ने सम्भावना रहेको छ ।
तत्काल ठुलो झरीको सम्भावना नरहेपनि सामान्य वर्षा हुँदा पनि पहिरो जानसक्ने जोखिम रहेको उनको भनाइ छ । आगामी हप्ताको विहिबारसम्म ठुलो बर्षाको सम्भावना नरहेको जानकारी दिए ।




प्रतिक्रिया