आज काठमाडौं उपत्यकामा पानी पर्ने, यस्तो छ तीन दिनको मौसमी अनुमान

आज काठमाडौं उपत्यकामा पानी पर्ने, यस्तो छ तीन दिनको मौसमी अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।

देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकाश धुम्मिरहेको छ । आज दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

आज काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको उनले बताए ।

यस्तो छ तीन दिनको मौसमी अनुमानः

कात्तिक ०३ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहि मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कात्तिक ०४ गते (सोमबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका १÷२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

कात्तिक ०५ गते (मंगलबार)

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका १÷२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।