काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको र बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आईतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाडी भूभागका १–२ स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र मधेश प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।




प्रतिक्रिया