भोलि र पर्सि चिसो बढ्ने, यी स्थानमा वर्षा र हिमपात हुने पूर्वानुमान

भोलि र पर्सि चिसो बढ्ने, यी स्थानमा वर्षा र हिमपात हुने पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार र पर्सि बिहीबार हल्का चिसो बढ्न सक्ने जनाएको छ ।

महाशाखाले मंगलबार दिउँसो विशेष बुलेटिन सार्वजनिक गर्दै हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण बुधबार अपराह्नदेखि सुदूरपश्चिम प्रदेश हुँदै बादल पूर्वतिर सर्ने जनाएको छ ।

न्युन चापीय प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । पहाडी तथा तराईका केही भूभागका थोरै स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्ने तथा आउँदो शुक्रबारबाट मौसम सुधार हुने अनुमान गरेको छ ।