काठमाण्डु – पछिल्ला दिनमा नेपालका पूर्वी र पश्चिमी तराईमा देखिएको गर्मी अझै लगभग दुई सातासम्म रहने भएको छ । मनसुन १३ जुनमा मात्रै भित्रिने भएकाले त्यसबेलासम्म गर्मी जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । नेपालगञ्जमा ४३ डिग्री सेल्सियस छ । बर्दियाको तापक्रम पनि ४३ डिग्रीय सेल्सियस छ । भैरहवा ४० डिग्री सेल्सियस पुगेको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले वर्षा हुने कुनै प्रणाली नबनेपछि गर्मी पूर्व तराई र मध्य तराईमा पनि बढ्ने देखिएको जानकारी दिइन् । उनले बागमती प्रदेशका तराईका जिल्ला, मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूमा पनि तापक्रम बढ्ने लू चल्न सक्ने जानाइन् ।
अहिले पश्चिमी वायुको कारण कतै पनि प्रणाली विकसित नभएकाले तत्कालन पार्नी पर्ने सम्भावना नदेखिएको बताइन् ।
तराईका चलिरहेको गर्मीबाट छुटकारा मनसुन प्रवेश नभएसम्म पाइने देखिँदैन । मौसमविद् मानन्धरका अनुसार यो वर्ष मनसुन तीन दिन ढिला गरी भित्रिने अनुमान छ । सामान्यतया १० जून नेपालमा मनसुन भित्रिने मिति हो । योपटक १३ जूनमा मनसुन भित्रिने सम्भावना रहेको उनले बताइन् । भारतको केरलामा १६ जेठमा मनसुन भित्रिएको छ । सो मनसुन नेपालसम्म आइपुग्न कम्तीमा १० दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् ।




प्रतिक्रिया