पश्चिम तराईमा पर्सिसम्म ‘लू’ चल्ने, १० दिनमा मनसुन नेपाल भित्रिने

पश्चिम तराईमा पर्सिसम्म ‘लू’ चल्ने, १० दिनमा मनसुन नेपाल भित्रिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा पर्सि आईतबारसम्म ‘लू’ चल्ने चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले पश्चिम तराईका जिल्लाहरूमा आईतबारसम्म तातो हावा (लू) चल्ने पूर्वानुमान गरेको छ ।

मनसुन प्रवेश नभएसम्म गर्मी अत्यधिक रहने देखिएको महाशाखाले जनाएको छ । भारतको केरालामा मनसुन प्रवेश गरेको ३ दिन भइसकेको छ । मनसुन नेपाल भित्रिन अझै १० दिन लाग्ने जनाइएको छ ।

अत्यधिक गर्मीका कारण तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरू बन्द गरिएका छन् । राजधानी काठमाण्डु उपत्यकामा पनि गर्मी अत्यधिक बढेको छ ।