भोलिदेखि देशभर अत्यधिक वर्षाको ‘रेड अलर्ट’, कुन–कुन जिल्लामा जोखिम ?

भोलिदेखि देशभर अत्यधिक वर्षाको ‘रेड अलर्ट’, कुन–कुन जिल्लामा जोखिम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले भोलि बिहीबार दिउँसोदेखि देशभर अत्यधिक वर्षा हुने पूर्वानुमान गरेको छ ।

बुधबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले मनसुनी प्रणालीका कारण बिहीबारदेखि आईतबार बिहानसम्म ७ वटै प्रदेशमा वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ । भारी वर्षाका कारण बाढीपहिरोका घटना हुनसक्ने जनाउँदै महाशाखाले ७ प्रदेशका ५६ जिल्लाका लागि ‘रेड अलर्ट’ जारी गरेको छ ।

महाशाखाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आईतबार बिहानसम्म अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका १–२ स्थानमा आरिघोप्टे तहको वर्षाको सम्भावना छ ।

यी हुन् ‘रेड अलर्ट’मा रहेका ५६ जिल्ला

झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, सिराहा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यान, कैलाली, डोटी र अछाम ।