काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा शनिबार राति ठूलो हावा चल्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले शुक्रबार दिउँसो ३:१० बजे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चलिरहेको छ ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण ती प्रदेशका तराई क्षेत्रमा शनिबार राति समेत ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आईतबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले तल्लो वायुमण्डलमा हाल चलिरहेको हावाको अवस्थासम्बन्धी भूउपग्रहबाट प्राप्त तस्वीर समेत सार्वजनिक गरेको छ ।




प्रतिक्रिया