यस्तो छ आजको मौसमको पूर्वानुमान

यस्तो छ आजको मौसमको पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ ।

महाशाखाले हाल देशमा सामान्यदेखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।यसैगरी, महाशाखाले दिउंसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

म्हाशाखाकाले प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

महाशाखाको पूर्वानुमानको अनुसार आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता, प्रदेश १ ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।