काठमाडौं – जल तथा मौसम पुर्वानुमान महाशाखाले आज मेघगर्जन र चट्यानसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी वायूको प्रभाव हाल नेपालमा रहेको बताउँदै आज पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउँसो र साँझपख मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पश्चिमी तथा मध्य पहाडी भू–भागका केहि स्थानहरुमा मेघ–गर्जनरचट्याङ सहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउ अनुरोध गरेको छ ।
यस्तो छ महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानः
फागुन २९ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसोरसाँझपख मेघ–गर्जन र चट्याङ सहित वर्षाको संभावना छ ।
रातीः देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ । पहाडि भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ सहित वर्षाको संभावना छ ।
फागुन ३० गते (शुक्रबार)
दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भागका धेरै स्थानहरूमा मेघ–गर्जन र चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ । केहि स्थानमा असिनारहावाहुरी को समेत सम्भावना रहेको छ । मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ सहित वर्षाको संभावना छ ।
रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू–भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ सहित वर्षाको संभावना छ ।
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी र पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ–गर्जन र चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ । केहि स्थानमा असिना र हावाहुरी को समेत सम्भावना रहेको छ ।
रातीः देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया