काठमाण्डु – आज शनिबार देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाण्डु उपत्यकामा शनिबारको न्यूनतम तापक्रम २ डिग्री रहेको छ । शुक्रबारको तुनलनामा शनिबार आज ०.४ डिग्री तापक्रम बढेको हो । शुक्रबार यो वर्षकै सबैभन्दा कम १.६ डिग्री रहेको थियो ।
आज प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आइतबारः दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
सोमबारः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।




प्रतिक्रिया