काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ जनाको पीसीआर गर्दा ४ हजार ७ सय ७४ र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ७ सय ७३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
त्यस्तै काठमाण्डु उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा १४६४ जना, भक्तपुरमा २३२, ललितपुरमा ३५१ ज्नामा संक्रमित थपिएका हुन् ।




प्रतिक्रिया