बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं.२०७७ साल साउन २८ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट १२ तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी विच विश्वासको वातावरण बढ्नेछ । आत्मिय मित्र तथा साभिभाई हरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउँन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कानुन सम्वत गरीने कुनै पनि कामहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होईनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुदा मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पूरा हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउनु होला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषी पेशा अपनाउँने हरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ ।