बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो


काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement