काठमाण्डु – सरकारले सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले तामाङ जातिको सांस्कृतिक पर्व ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै बुधबार देशरभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ । यसअघि वाग्मती प्रदेश सरकारले पनि प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो ।





प्रतिक्रिया