बुधबार तपाईंको भाग्य कस्ताे रहला ? हेर्नुस राशिफल

बुधबार तपाईंको भाग्य कस्ताे रहला ? हेर्नुस राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं.२०७७ साल फाल्गुन १२ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर जग्गा तथा स्थाई सम्पतिमा विवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मुद्दा मामिला तथा प्रतिस्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउँदा मानसिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रणय सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेर उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथीभाईसँगै रहेर मिठो खाना खाने तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफूसँग भएका स्रोत साधन हरुलाई सही रुपमा परिचालन गरी आम्दानी वढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  मायाप्रेममा आफ्नो मायालुसँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरु भन्दा पछी परिने सम्भावना रहेकोछ भने विवादित विषयहरु तपार्ईँको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाइनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले केहि दिनको लागी पछी सार्नु उपयुक्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोराको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।