बुधबार कुन राशिका लागि कति शुभ ?यस्तो छ भाग्यफल

बुधबार कुन राशिका लागि कति शुभ ?यस्तो छ भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल भदौ ०९ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट २५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अली बढी मेहनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढेर जानेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् ।प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजबुत भएर जानेछ । खोज मुलक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मायाप्रेम तथा पति पत्नी बिचको सम्वन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै प्रगति पथमा अगाडी बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशी सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको विदेश यात्रा हुनेयोग रहेकोछ ।