कस्ताे रहला बुधबारकाे माैसम पूर्वानुमान ?


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement