बुधबारकाे माैसम : कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना


काठमाण्डु – जल तथा  माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदे-१ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement