काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।बङ्गालको खाडीको उत्तर पश्चिम भू-भाग, पश्चिम बङ्गाल र आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले हाल नेपालमा आंशिक देखि सामान्य बदली भई एक-दुई स्थानमा वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
र शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया