काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । अहिले पहाडी भूभागमा आंशिक बदली छ भने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
राति देशका पहाडी भूभागमा बदली रहनेछ । बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।




प्रतिक्रिया