तीन दिनको मौसम : उपत्यकासहित देशभर पानी पर्ने, चिसोबाट जोगिन मौसम विभागको आग्रह

तीन दिनको मौसम : उपत्यकासहित देशभर पानी पर्ने, चिसोबाट जोगिन मौसम विभागको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज (शुक्रबार) देशभर पानी परेको छ भने पहाडी तथ उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकालगायत देशभर बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१ मिलिमिटर वर्षा भएको छ । भने सबैभन्दा धेरै भैरहवामा ३९, दाङमा २७, वीरेन्द्रनगरमा २४, पोखरामा २३ र सिमरामा १८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि मौसमी परामर्स तथा चेतावनी जारी गर्दै भनेको छ, ‘देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।’

यस्तो छ तीन दिनकाे मौसम पुर्वानुमान:

दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ ।

माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।

रातीः देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।