पश्चिम बंगालमा शुभेन्दु अधिकारी भाजपाको पहिलो मुख्यमन्त्री बन्दै

पश्चिम बंगालमा शुभेन्दु अधिकारी भाजपाको पहिलो मुख्यमन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्न लागेको छ। भवानीपुर निर्वाचन क्षेत्रमा पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई पराजित गरेका शुभेन्दु अधिकारी यस राज्यमा भाजपाको पहिलो मुख्यमन्त्री बन्दैछन् ।

उनले शनिबार बिहान ११ बजे बंगालको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिदैछन् । कोलकातास्थित प्रतिष्ठित ब्रिगेड परेड ग्राउण्डमा शपथ ग्रहण समारोहको आयोजना गरिएको छ। यस विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी आफैं कोलकाता जाँदैछन् ।

उनीसँगै केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन पनि समारोहमा उपस्थित रहनेछन्। यस्तै, प्रोटोकल अनुसार निवर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई पनि निमन्त्रणा पठाइएको छ।

भर्खरै सम्पन्न निर्वाचनमा भाजपाले पश्चिम बंगालका २९४ सिटमध्ये २०७ सिटमा सानदार जित हासिल गरेको छ। अर्कोतर्फ, तृणमूल कांग्रेस (टीएमसी) मात्र ८० सिटमा खुम्चिन पुगेको छ। यस परिणामसँगै बंगालमा टीएमसीको १५ वर्ष लामो शासनकालको अन्त्य भएको छ।