काठमाण्डु – जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको जिम्मा पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन जोड्यो ।
नेपालका ललितनारायण राजबंशीले ३ तथा सन्दीप लामिछाने, करन केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। सन्दीपले १० ओभरमा एक मेडन राखेर ५० रन खर्चिए। करनले १० ओभरमा ८१ रन खर्चिए।




प्रतिक्रिया