आजको मौसम : अपराह्नपछि मध्य पहाडी र तराई क्षेत्रमा पनी पर्ने

आजको मौसम : अपराह्नपछि मध्य पहाडी र तराई क्षेत्रमा पनी पर्ने


काठमाडौं – आज (शनिबार) देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण आज पश्चिमी पहाड र उच्च पहाडी हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी मध्य पहाडी क्षेत्र र तराईका केही स्थानमा आज अपराह्नपछि पानी पर्ने सम्भावना रहेको छ भने पूर्वी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसमविदले जनाएका छन् । काठमाडौं उपत्यकामा पानी नपरेपनि मौसममा भने बदलाव हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागका स्थानमा आंशिक बदली छ । तराईका भूभागमा भने मौसम सामान्यतया सफा छ ।