१ सय किलो भनिएको सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल !

१ सय किलो भनिएको सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजश्व अनुसन्धान विभागले बरामद गरेको १ सय किलाे सुन ब्रेक शुबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको छ ।

बरामद ब्रेक शुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। राजश्व अनुसन्धान विभागले भन्सार छुट भइसकेको अवस्थामा उक्त सुन बरामद गरेको थियो।

सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजश्व अनुसन्धान विभागका प्रतिनिधिको रोहबरमा भएको थियो। ब्रेक शु र सुन छुट्याएर सुनलाई गालेर सुन जोखिएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए। राजस्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते सुन बरामद गरेको थियो ।