आगामी आर्थिक वर्षमा कुन प्रदेशले कति बजेट पाए ?

आगामी आर्थिक वर्षमा कुन प्रदेशले कति बजेट पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्षका लागि ७ वटै प्रदेशका लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख बजेट विनियोजन गरेको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ प्रदेशहरूले सो बजेट पाएका हुन् ।

जस अन्तर्गत प्रदेश १ ले १९ अर्ब ९ करोड ९१ लाख बजेट पाएको छ । यस्तै मधेस प्रदेशले १९ अर्ब १५ करोड ०९ लाख बजेट पाउँदा बागमती प्रदेशले सबैभन्दा बढि २० अर्ब ३२ करोड ६६ लाख बजेट पाएको छ ।

यस्तै गण्डकी प्रदेशले सबैभन्दा कम १६ अर्ब ५४ करोड ३२ लाख बजेट पाएको छ । यस्तै लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख बजेट पाउँदा कर्णाली प्रदेशले १८ अर्ब ३० करोड ६१ लाख र सुदूरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड ८३ लाख बजेट पाएको छ ।