काठमाण्डु – कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक स्थानबाट अर्को स्थानमा पुर्याउनका लागि स्वास्थ्यकर्मीले गरेको प्रयासको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले प्रशंसा गरेका छन् ।
मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप लैजानका लागि मिहेनत पूर्वक खोला तारिरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियो ट्विट गर्दै गेहब्रेयसले स्वास्थ्यकर्मीहरुलाई नायक भनेका छन् ।
असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेका थिए । उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न गरेको संघर्ष छ । मनसुन शुरु भएसँगैं देशभर लगातार वर्षा भइरहेको छ, खोला खोल्सा बढेको छ र तर्न पुल छैन् । त्यहाँ लठ्ठीको भरमा खोप तारिएको देख्न सकिन्छ ।
गेहब्रेयसले ज्यान बचाउनका लागि स्वास्थ्यकर्मीले कति टाँढा पुग्छन् भन्ने देखाएको उल्लेख गर्दै कतिपय स्थानमा यी नायकहरुले खोप नपाएको बताएका छन् । उनले के यो उचित हो भन्दै प्रश्नसमेत गरेका छन् । उनले सबैतिर खोप पु¥याउनका लागि हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेका छन् ।




प्रतिक्रिया