कोरोनाको उत्पत्तिबारे डब्लूएचओलाई चीनले सहयोग गर्ने


एजेन्सी – कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गर्ने अनुसन्धानमा चीनले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । चीनले कोरोना भाइरसको उत्पत्तिबारे गरिने वैज्ञानिक अनुसन्धानमा डब्लूएचओलाई पूर्ण साथ र सहयोग गर्ने बताएको हो ।

तर उसले यसलाई राजनीतिकरण गर्न नहुने कुरा दोहोर्‍याएको छ । अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे चीनले पारदर्शी ढंगले सूचना नदिएको आरोप लगाउँदै आए पनि चीनले अमेरिकी आरोपको निरन्तर खण्डन गर्दै आएको छ ।

गत बुधबार डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डाक्टर मारिया भान केर्खोवले कोरोना भाइरस संक्रमण कुन जनावरबाट सुरु भयो भन्नेबारेमा अनुसन्धान गर्न चीनसँग कुरा भइरहेको बताएकी थिइन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले अमेरिकाले गैरजिम्मेवार र झुटो आरोप लगाएको उल्लेख गर्दैै भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई ‘उपयुक्त समय’ मा सहयोग गर्न चीन सहमत भएको बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement