कोरोना एक सातामै आठ गुणासम्म फैलिन सक्ने, सावधान रहन डब्लूएचओको आग्रह

कोरोना एक सातामै आठ गुणासम्म फैलिन सक्ने, सावधान रहन डब्लूएचओको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन आग्रह गरेको छ ।

डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई कोरोनाको दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् ।

उनले कोरोना रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिने भन्दै संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्ने बताएका छन् ।

कोरोना आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।

जाडोयाममा संक्रमणको थप जोखिम भएकाले यसबाट बच्न अतिरिक्त स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको विज्ञहरु बताउँछन् ।विज्ञहरूले कोरोनाविरुद्धको खोप नआउन्जेल जाडोयाममा मौसमी रुघाखोकी, निमोनिया आदिको खोप लगाउनु फाइदाजनक हुन सक्ने औंल्याएका छन् ।

नेपालमा २ लाख २९ हजार ३४३ जना कोरोना संक्रमित भएका छन् भने १ हजार ४ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् ।