पाँच डलरमा नै कोरोना परीक्षण हुन्छः डब्ल्युएचओ


एजेन्सी – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस परीक्षणको रिपोर्ट केही मिनेटमा नै आउने बताएको छ । डब्ल्युएचओले नयाँ परीक्षणले गरिब र साधारण आय भएका देशहरूमा संक्रमण पत्ता लगाउन सक्ने क्षमता चाँडै बढाउन सक्ने बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले पाँच डलरमा नै कोरोना भाइरसको परीक्षण हुने दाबी गरेका छन् । यो दर नेपालीमा झण्डै ६ सय रुपैयाँ पर्न आउँछ । विश्व स्वास्थ्य संगठनले यो परीक्षणलाई माइलस्टोन नाम दिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस भन्छन, ‘नयाँ, बोक्न सजिलो र टेस्ट प्रयोग गर्न सजिलो छ । केही घण्टाको सट्टामा केहि मिनेटमा नै रिपोर्ट आउँछ ।’

औषधि निर्माता एबट र एसडी बायोसेन्सर बिल र मेलिंडा गेट्स फाउन्डेशनको सहयोगमा १२ करोड परीक्षण गर्न सहमत भएका छन् । यो सम्झौताले ल्याटिन अमेरिकाका धेरै देशहरू लगायत विश्वका १३३ देशहरूलाई फाइदा पुर्‍याउनेछ ।

पत्रकारसँग कुरा गर्दै डा. टेड्रोजले भने, ‘यो परीक्षणको क्षेत्रमा र विशेष गरी गम्भीर रूपमा प्रभावित क्षेत्रहरुमा महत्वपूर्ण उपलब्धी हुनेछ । यो परीक्षणले धेरै भन्दा धेरै व्यक्तिहरुलाई टेस्ट पुर्‍याउन सहयोग पुर्‍याउँछ। यो क्षेत्र र देशहरूका लागि धेरै महत्वपूर्ण साबित हुनेछ जहाँ प्रयोगशालाहरू लगायत तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको कमी छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement