कोरोना भाइरसको भ्याक्सिनबारे डब्ल्यूएचओको निराशाजनक अभिव्यक्ति

कोरोना भाइरसको भ्याक्सिनबारे डब्ल्यूएचओको निराशाजनक अभिव्यक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको खोप बन्ने आशा नरहेको दाबी गरेको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहानम गोब्रियसले कोरोना भाइरसको खोप बन्ने आशा गरेपनि यो राम्रो औषधि नभएको दाबी गरेका छन् । उनले कोरोनाको खोप कहिले पनि नबन्ने दाबी गरेका छन् ।

प्रमुख टेड्रोसले कोरोना कहिल्यै पनि अन्त्य नहुने बताएका छन् । उनले यो भाइरससँग बाँच्न सिक्नुपर्ने बताएका छन् । टेड्रोसले यसअघि कोरोना अन्य भाइरसहरू भन्दा पूर्ण रूपमा भिन्न रहेको बताएका थिए । किनकि यसले आफैंलाई परिवर्तन गरिरहन्छ । डब्ल्यूएचओ प्रमुखले मौसम परिवर्तन हुँदा कोरोनालाई असर नगर्ने बताएका छन् । डा. टेड्रोसले विश्वभरका मानिसहरूले सामाजिक दूरी, हात धुने र मास्क लगाए कोरोना संक्रमणबाट बच्न सकिने बताएका छन् ।

हालसम्म विश्वमा एक करोड ८१ लाख मानिस कोरोना संक्रमित भएका छन् । त्यस्तै मृत्यु हुनेको संख्या छ लाख ८९ हजार पुगेको छ ।

‘धेरैवटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ’, उनले भने, ‘तर अहिलेसम्म यसको कुनै अचूक औषधि पत्ता लागिसकेको छैन र कहिले पत्ता नलाग्ने सम्भावना पनि उत्तिकै छ । यसर्थ हामीले कोरोना परीक्षण, आइसोलेसन र मास्कका माध्यमबाट कोरोना रोक्ने काम जारी राख्न जरुरी छ ।’

त्यस्तै उनले आमालाई कोरोनाको आशंका भए वा पुष्टि भए स्तनपान गर्न रोक नलगाृउन आग्रह गरेका छन् ।

डा.टेड्रोसले यसअघि जुन महिनामा पनि भनेका थिए, ‘हामीलाई थाहा छ कि ठूलो मान्छेको तुलनामा बच्चालाई कोरोनाको जोखिम कम हुन्छ । तर बच्चालाई अन्य त्यस्ता धेरै रोगको जोखिम हुन सक्छ, जसलाई स्तनपानबाट रोक्न सकिन्छ । डब्लूएचओ प्रमाणका आधारमा के सल्लाह दिन्छ भने बच्चालाई कोरोनाको जोखिमभन्दा स्तनपानको फाइदा बढी छ । कोरोना संक्रमण भएको शंका लागेको वा संक्रमित भएको आमाहरुलाई बच्चालाई खुवाउन प्रोत्साहित गर्नुपर्दछ । यदि आमाको स्वास्थ्य वास्तवमै खराब छैन भने स्तानपान गर्न रोक लगाउनु हुँदैन ।’