गरिब देशमा खोपको चरम अभाव, थप जोखिम निम्तिने डब्ल्यूएचओको चेतावनी

गरिब देशमा खोपको चरम अभाव, थप जोखिम निम्तिने डब्ल्यूएचओको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गरिब देशमा कोरोनाविरुद्धको खोप अभावका कारण थप जोखिम निम्तिन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओले गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने चेतावनी दिएको हो ।डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले धनी देशमा भने खोप लगाउने दर सन्तोषजनक भएको बताएका छन् ।

उनले कोभ्याक्स सुविधा अन्तर्गत एक सय ३१ देशले पाएको नौ करोड डोज खोप कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताएका छन् ।

धनी देशहरुले गरिब देशलाई दिने कोभ्याक्स सुविधाको खोप जतिसक्दो छिटो उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । कोभ्याक्स सुविधाअन्तर्गतको दुई अर्ब डोज खोप सन् २०२१ अर्थात यसै वर्षसम्म उपलब्ध गराउने डब्ल्यूएचओको लक्ष्य रहेको छ ।