एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सहायताकर्मीले कंगोमा रहेका महिला तथा बालिकामाथि यौन शोषण गरेको पुष्टि भएको छ ।
इबोला महामारी नियन्त्रणको प्रयासमा खटिएका ८३ जना सहायताकमीले त्यहाँका महिला तथा बालबालिकामाथि यौन दुर्व्यवाहार गरेका थिए । जसमा डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको छ । सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि छन् ।
सन् २०१८ देखि २०२० सम्म भएका यी घटनामा संलग्न हुनेमा स्थानीय र अन्तर्राष्ट्रिय सहायताकर्मी रहेको प्रतिवेदनमा उल्लेख छ । ५० भन्दा बढी त्यहाँका महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि भएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको हो ।




प्रतिक्रिया