श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ –आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियोगमा एकजना पक्राउ परेका छन् । ४१ वर्षीय ज्ञान कुमारी गिरीको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्क बस्ने छत्र बहादुर गिरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

सामान्य घरायसी बिवादमा शुक्रबार बिहान छत्र बहादुरले मसला पिस्ने लोहोरो प्रहार गर्दा गम्भीर घाइते भएकी ज्ञान कुमारीको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डुतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटना पश्चात फरार भएका छत्र बहादुरलाई अस्थायी प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भरुवा बन्दुक सहित पक्राउ