बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जीत

बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जीत


काठमाण्डु – नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जीत हात पारेको छ ।

समूह ‘बी’को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्‍यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो ।

श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् । दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन् ।

डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए ।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने टीम अफिसियल समेत रहेका नेपाल टेनिस संघ तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।